मेरो ईच्छा र देश

होउन नेता सव यहाँका


शान्ती दुत बुद्ध बनेका

प्रजा होउन अनुयायी भिक्षु

सवल समृद्ध नेपाल राष्ट्रको ।



रोपुन फुलाउन फूल नेपालनै

नेपालकै छरुन मिठो सुगन्ध

लागोस समाधि राष्ट्रभावको

लिदै देशकै चरम आनन्द ।



पुरापुर गर्भिणी हुन्

नेपाल आफ्नै आमा

हिरा होस या पतुर होस

पाईन्छ गरे परिश्रम यहाँ ।



मानुन भगवान मातृभुमि सवैले

कर्म गरुन भाग्य छ यसैमा

उच्च सगरमाथा होस या निचा मुसहरनिया

फुल्दछ सुनौलो कर्मफल देशैमा ।

No comments:

Post a Comment